न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड फाइनलमा

काठमाडौं, १८ चैत,  न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई ७ विकेटले हराएको हो। भारत र वेष्ट इण्डिजबीचको विजेता टिमसँग इंग्ल्याण्ड भिड्नेछ।

न्यूजिल्याण्डले दिएको १५४ रनको लक्ष्य इंग्ल्याण्डले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।