जापानमा 'माई नम्वर' बिरुध्द मुद्दा दायर

ह्याप्पी बन्धु "बिश्व"
जापान, मार्च २६

जापानमा यही जनवरीदेखि लागू गरिएको माइ नम्बर कार्ड प्रणाली विरुद्ध अदालतमा उजुरी दिनेको संख्या बढ्दै छ । पछिल्लो पटक आइचीमा ३० जनाले माई कार्ड प्रणाली तत्काल बन्द गर्न माग गर्दै मुद्दा दायर भउको छ । यसले व्यक्तिको गोपनीयताको अधिकार हनन गरेको उनीहरुको तर्क छ ।

 सरकारले विशेष गरी करको दायरालाई सहज बनाउँन भन्दै प्रत्येक बालिग जापानी नागरिक र जापानमा स्थायी रुपमा बस्दै आएका विदेशी नागरिकहरुलाई १२ अंकको माई कार्ड अनिवार्य गरेको छ । यसमा व्यक्तिको बैंक खाता सहित सम्पूर्ण विवरण समेटिएको हुन्छ ।

विहीवार आइची केनका १९ जना स्थानीयहरुले नागोया जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । यसले गोपनीयता भंग गर्नुका साथै थप सुरक्षा चुनौति थपिएको उनीहरुको जिकिर छ । व्यक्तिको गोपनीयताको अधिकार संविधानमै प्रष्ट लेखिएको दाबी गर्दै जापान सरकार आफैंले उक्त अधिकार भत्काउँने नीति बनाएर संविधान उल्लंघन गरेको तर्क गरेका छन् ।

विहीवार नै फुकुओका जिल्ला अदालतमा पनि माई कार्ड प्रणाली तत्काल फिर्ता लिन माग गर्दै मुद्दा दायर भएको जापान टुडेले जनाएको छ । फुकुओकामा उक्त दिन एकैपटक १४ वटा उजुरी दर्ता भएको थियो ।

गत डिसेम्वरमा पनि टोक्यो,ओशाका,निगाता,फुकुओका र कागोशिमामा गरि झण्डै १५० जनाले माई नम्बर कार्डको विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।