पुष्पनको पछिल्लो धमाका - 'सक्ने भए त तिम्लाई' (भिडियो सहित)



मधु नेपाल, न्यु योर्क अमेरिका

वाणी समुहका गायक पुष्पणले एउटा नया गीत बिभिन्न संचार माध्यम मार्फत सर्बजनिक गरेका छन। लामो समयदेखि संगितमा समर्पित गायक पेशाले सिक्षक हुन ।

बिशेसगरी  सुफि संगितमा दखल राख्ने पुष्पण समय अनुसार् आफुलाइ परिवर्तित गर्दै समयको माग अनुसारको गीत बनाउन रुचाउछन तेसैको परीणाम हो यो नया गित "सक्ने भा त"।

आफुले गरिरहेको भन्दा केहि फरक गरेका छन पुष्पणले तर पनि तुलनात्मक रुपमा धेरै राम्रो गरेको आभाष सजिलै महसुस हुन्छ । वाणी समुहले धिन धिना बोलको गित सर्बजनिक गरेपछि नेपाली सांगितिक फाटमा एउटा नौलो तरङ पैदा भयेको थियो। त्यसपछि  पुष्पणको प्रतिभाले धेरैको मन् लोभ्याएको थियो जसले गर्दा उनले आफ्ना गीतले चलचित्र अनि कलेक्सन अल्बममा स्थान पाए । तेसैको अर्को नतिजाको रुपमा पनि लिन सकिन्छ यो नया गीतलाइ ।

यसको भिडियो पनि पुरानै क्यमेरा पर्सन् तर नया निर्देशक् हरि हुमागाइले गरेका छन | उनको यो दोस्रो निर्देशन् हो | सायद यहि क्षेत्रको अनुभबले र आफ्नो मिहिनेतले गर्दा यस्को भिडियो निर्माण पनि मजबुद देखिन्छ । भिडियोमा चिर्चित ब्यक्तित्व  द्वय बिशाल भण्डारी  र बेनिशा हमालले अभिनय गरेका छन।

मायामा धेरै धोका  खाईसकेको मान्छे फेरि कसैको मायामा फस्न पुग्छ, कसैलाइ फेरि आन्तिम पटककालागि विश्वास गर्न पुग्छ तर दुर्भाग्य  फेरि पनि धोका नै पाउछ। येसै बिषय बस्तुमा  रहेर बनाइएको यस गीतमा स्वर, सङीत र शब्द पुष्पन प्रधानको रहेको छ।  गीतभित्र पिडा लुकेको भए पनि सुन्दा आनन्द आउने सङित छ | अनि उनको  खारिएको स्वरको त के कुरा ? ।

सफलताको धेरै धेरै शुभकामना छ "सक्ने भए त तिम्लाई" लाई ।

हेरौं भिडियो