मृगौला पिडीत कुवँरलाई २ लाख ३० हजार रुपैयाँ सहयोग

पाल्पा चैत्र,७-दुबै मृगौला खराब भएर उपचारका लागी आर्थिक अभावमा रहेका पाल्पा जिल्ला खस्यौली गाविस वडा नं ३ का गणेश कुवँरलाई आर्थिक सहयोग प्रदान गरीएको छ ।
विश्वभरी छरीएर रहेका नेपाली युवाहरुलाई एकजुट बनाउने उद्धेश्यले खोलिएको नेपलीज ब्रदर्श रुमको संयोजकत्वमा मृगौला पिडीत कुवँरको उपचारका लागी संकलित उपचार २ लाख ३० हजार २ सय ४२ रुपैयाँको चेक पाल्पाका प्रम्ुख जिल्ला अधिकारी बाबुराम गौतमले कुवँरलाई शनिवार प्रशासन परीसरमा एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गौतमले सामाजीक क्रियाकलापमा अग्रसर भएको संस्थाको प्रशशा गर्दै मृगौला पिडीतलाई सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिए । उनले बिरामीलाई आफनो र प्रशाशनको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संस्थाका सदस्य शिव थापाले संस्थाको बारेमा जानकारी दिँदै संस्थाले अन्य क्षेत्रमा पनी सहयोग गर्दै आएको बताए । उपचार सहयोग रकम पाएपछी मृगौला पिडीत कुवँरले आफुलाई सहयोग गर्ने संस्था तथा सबैलाई धन्यवाद दिएका थिए