तराईका जिल्लामा आज होली मनाईंदै

काठमाडौं चैत,१०-तराईका जिल्लामा बुधबार धुमधामसँग होली मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुसीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ । बसन्त ऋतुको आगमनको उल्लाससँगै मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । होली मनाइने तराईका जिल्लामा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा भने मंगलबार होली मनाइएको थियो । तर तराईका बासिन्दाको बसोबास रहेका काठमाडौंसहित पहाडी क्षेत्रका कतिपय ठाउँमा बुधबार पनि होलीको रौनक छ ।