हालसम्मकै ठूलो गणेशको मूर्ति काठमाण्डौको पशुपतिमा सार्वजनिक, पाल्पा लैजाने तयारी




पदम न्यौपाने
काठमाण्डौ, २३ फागुन

हालसम्मकै ठूलो र फरक ढंगको गणेशको मूर्ति काठमाण्डौको पशुपति बनकालीमा सर्व साधारणको दर्शनकालागि सार्वजनिक गरिएको छ । साढे अठार फीट अग्लो र ८ फीट चौडा शतप्रतिशत प्रस्तरवाट निर्माण गरिएको गणेशको मूर्तिलाई पाल्पाको तेल्घा गाविसको गुफाचौर डाडामा लग्नु अगि काठमाण्डौमा गणेश भक्तहरुकालागि दर्शन गर्नपाउने गरी आईतवार विहान उपराष्टपती नन्द वहादुर पुनले एक विशेष समारोह विच अनावरण गरी सार्वजनिक गरिएको हो ।

अनावरण कार्यक्रममा वोल्दै मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले यस पुनित कार्यले नयाँ स्थानहरुको विकास गर्ने नमूना अभ्यास प्रारम्भ गर्ने भएकोले सवैले यस कार्यमा मनफुकाएर मद्धत गरी पुन्य कमाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आध्यात्मीक चेतना विस्तार संगै पर्यटकीय विकासमा मद्धत पुर्याउने यस कार्यकालागि हरेक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको वताउदै एउटा नांगो डाडालाई विकास गर्ने उद्धेश्यले चलाईएको यस अभियानले  आध्यात्मीक ज्ञान संगै विकासमा मद्धत पुग्ने हुनाले नेपाल सरकारका पूर्व मन्त्री परिषदका अध्यक्ष, पुर्व गृह मन्त्री, वर्तमान उद्योग मन्त्री र आफू सम्मीलित एक टोलीले छिट्टै सो स्थानको भ्रमणगरी पुर्वाधार विकासमा मद्धत गर्ने बचन दिनुभयो ।
सोही  अवसरमा आफ्नो मन्तव्य राख्दै उद्योग मन्त्री सोम प्रसाद पाण्डेले पाल्पाको विकासमा ठूलो महत्व र योगदान गर्ने यस कार्यमा संसारभरका आध्यात्मीक ज्ञानको खोजीमा रहेकाहरुले सहयोग गरि पुण्य कमाउन आग्रह गर्नुभयो ।

मूर्ति तथा अभियानका परिकल्पनाकार काठमाण्डौ महानगरपालीकाका पूर्व मेयर केशव स्थापीतले आफूले संसारको आधिकाशं भागको भ्रमण पछि जिवनको सार्थकता अनुभूति गरेपछि यो सोच आई एउटा सम्भावना भएर पनि कसैको नजरमा नपरेको डाडालाई ज्ञान, चिन्तन, विज्ञानको भूमिको रुपमा विकास गर्न सकिन्छ भन्ने उद्धाहरण स्थापीत गर्न तेल्घाको लेक छनौट गरी अभियान प्रारम्भ गरेको जानकारी गराउनु भयो ।

मूर्ति राख्ने स्थान निर्माणमा आध्यात्मीकताको खोजीमा रहेका मानीसहरुकै सहयोग र सहकार्य रहने जानकारी गराउदै सवै शुभेच्छुकहरुलाई दान कार्यमा सहभागि हुन आग्रह गर्दै भन्नु भयो , हरेकले जिवनको सार्थकताकालागी देखिने कार्यमा संलग्न हुन आग्रह गर्नुभयो ।

सोही अवसरमा गणेश मूर्ति प्रतिस्थापन तथा व्यवस्थापन समितिका काठमाण्डौ तथा पाल्पाली संगमका सचिव पदम न्यौपानेले अध्ययन अनुसन्धान केन्द्रको रुपमा देशी विदेशी विद्धवानहरु जाने थलोको रुपमा विकास गरिने यस कार्यमा सवै पाल्पाली जनताको लगानी योगदानकालागि आग्रह गर्दै जिवन दर्शनको एउटा गतिलो पाठशालाको रुपमा विकास हुने विश्वास व्यक्त गर्नु भयो । यस कार्यमा स्थानीयले मूर्ति स्थापनाकालागि आवश्यक जग्गा समेत दान गर्न तयार रहेको र कतिपयले आफ्नो जग्गावाट कटौती गरि उपलव्ध समेत गराई सकेकोले अन्य दाताहरुलाई समेत सहभागि हुन आग्रह गर्नुभयो ।

समासेवी तथा गणेश मूर्ति प्रतिस्थापन तथा व्यवस्थापन समितिका काठमाण्डौ संयोजक अशोक महर्जनले सवैलाई धन्यवाद दिदै आगामी १५ दिन सम्म काठमाण्डौमा रहने यस मूर्तिको दर्शन गर्न सवैलाई अनुरोध गर्नुभयो । नगद र जिन्सी उपलव्ध गराउनेहरुको स्मरण समेत प्रष्ट रुपमा उल्लेख गरिने जानकारी गराउदै उहाँले पाल्पा सम्वद्ध संघसस्थालाई सक्रियता पुर्वक लाग्न अनुरोध गर्नुभयो ।

मूर्तिलाई करिव १५ दिन काटमाण्डौमा राखि चितवन, नवलपरासी, भैरहवा, वुटवल हूदै पाल्पाको टुडीखेलमा करिव ५ महिना राखि तेल्घास्थित १५५० मिटर उचाईको गुफाचौरमा प्रतिष्थापन गरिने कार्यक्रम वनाईएको छ ।

निर्माणकार्यकालागि १५— २० करोड रुपैया  लाग्ने प्रारम्भीक अनुमान गरिएको यस कार्यमा नेपाल सरकार र दाताहरुवाट संकलन हुने अपेक्षा दाताहरुको छ ।