गिट्टी कुट्ने ढुंगा निकाल्दा ढुंगाले नै किचेर बालिकाको मृत्यु

डोटी चैत,७-गिट्टी फोर्न ढुंगा निकाल्ने क्रममा च्यापियर डोटीमा एकजना बालिकाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका ११ तिखा घर भएकी बालिका जानकी कोलीलाई दिपालयस्थित गोदरी खोलामा गिट्टी फोर्न ढुंगा निकाल्ने क्रममा माथिबाट आएको ठुलो ढुंगाले किचेको थियो । ढुंगा ले किचेर गम्भीर घाईते भएकी कोलीलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउँदा ज्यान गइसकेको जिल्ला अस्पताल डोटीका डाक्टर जितेन्द्र कडेलले बताउनुभयो ।