विमानमा चिल ठोक्किएपछि विमान ग्राउन्डेड

काठमाडौं फागुन, १९–काठमाडौंबाट लुक्लाका लागि बुधबार विहान उडेको गोमा एयरको जहाजमा चरा ठोक्किएपछि जहाजलाई ग्राउन्डेड गरिएको छ। गोमा एयरका प्रवन्ध निर्देशक मनोज कार्कीका अनुसार कल साइन ९ एन–एकेजेड भएको उक्त जहालाई क्याप्टेन पारस राई र को पाइलट अविनन्दन खड्काले उठाएका थिए। जहानमा नौ यात्रु थिए ।
‘जहाजले धावनमार्ग छाडेर दुई सय मिटरमाथि  पुग्नासाथै दायाँ पखेटामा एउटा चिल ठोक्कियो,’ कार्कीले भने, ‘त्यसपििछ टावरले के गर्ने भनेर क्याप्टेलनलाई सोधेपछि चालक दलले काठमाडौंमै अवतरण गराउने भनेपछि अपरतण गराइयो।’जहाजलाई थप मर्मत तथा निरीक्षणको लागि ग्राउन्डेड गरिएको छ। दायाँ पखेटाको एक छोउमा कुचिएको छ। जहाजमा ठोकिएको चिल मरेको छ। कार्कीका अनुसार जहाज उड्नुभन्दा पाच मिनेट अगाडि धावन मार्गमा चराको वथान देखिएपछि टावरले जहाजलाई सात मिनेट होल्ट गराएको थियो। विमानस्थलका शिकारीले चरा धपाइपछि जहाज उडेको थियो। विहान ८ बजे र ४६ मिनेटमा जहाज चरामा ठोक्किएको थियो। विमानस्थलका शिकारीले चिल धपाएर क्लियर बनाएपछि जहाज उठेको थियो। तर जहाज उढ्नासाथ चारवटा चीन विमान भएतिर आएका थिए। तीन वटा चिललाई छलाएर विमान अगाडि बढ्ने क्रममा अर्को चिलसँग विमान ठोक्किएको थियो।