सरकार टिकाइराख्न एमाओवादीमा अन्योल

काठमाडौं चैत,७-पार्टीका आठ नेता सहभागी सरकार टिकाउने कि गिराउने कि भन्नेमा एमाओवादी नेतृत्व अन्योलमा परेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति पोएिको असन्तुष्टिपछि एमाओवादी नेतृत्व सरकार टिकाउने कि गिराउने भन्ने अन्योलमा परेको छ । स्रोतका अनुसार भरपर्दो विकल्प नपाएका कारण अध्यक्ष प्रचण्ड आफैं पनि सरकार गिराउने कि टिकाउने भन्ने अन्योलमा छन् ।
अध्यक्षले कतैबाट पनि सरकारका बारेमा सकारात्मक सन्देश सुन्न पाएका छैनन् । अध्यक्ष पनि सरकार र मन्त्रीहरुका गतिविधिबाट आजित भएजस्तो लाग्छ । भरपर्दो विकल्प तयार नहुँदा सरकार गिराइराख्न पनि अध्यक्षले चाहेका छैनन।