प्रेस चौतारीको अधिबेशन जेठमा


काठमाडौँ मार्च ३ |

 एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको राष्ट्रिय अधिवेशन निर्धारित मितिभन्दा दुई महिनापछि सरेको छ ।

चैत ४ र ५ गतेका लागि तय भएको राष्ट्रिय अधिवेशन जेठ ६, ७ र ८ गते काठमाडौंमा गर्ने निर्णय भएको महासचिव माधव नेपालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

नयाँ संविधानअनुकूल संघीय ढाँचाको विधानको तयारीसहित संगठनका केही महत्वपूर्ण आन्तरिक कामहरु बाँकी रहेकाले राष्ट्रिय अधिवेशन पछि सारिएको बिज्ञप्तिमा उल्लेख छ |