३६ वर्षको प्रयासपछि पेट्रोलियम खोजी हुँदै

काठमाडौं चैत,९-झन्डै ३६ वर्षको प्रयासपछि नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु हुने भएको छ । सन् १९८० को दशकमा मुलुकका विभिन्न १० ठाउँमा पेट्रोलियम पदार्थको सर्भे भए पनि अन्वेषण हुन सकेको थिएन । अब चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा नेपालका ३ स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण हुने भएको छ ।
नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणमा सहयोग गर्ने सम्बन्धमा नेपाल र चीनबीच सोमबार सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई मुलुकबीच यस्तो सम्झौता भएको हो ।