कति भयो ओलीको भारत भ्रमण खर्च ?

काठमाडौं चैत, ७ – अर्थ मन्त्रालयले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण खर्च एक करोड ८१ लाख ८६ हजार निकासा दिएको छ । ओलीले ७-१२ फागुनसम्म भारतको राजकीय भ्रमण गरेका थिए ।
अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्च शीर्षकबाट पराराष्ट्र मन्त्रालयलाई रकम निकास दिएको हो । भ्रमण दलका सदस्यको दुईतर्फी हवाई टिकट राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सबाट खरिद गरिएको थियो । भ्रमण दलका सदस्यले तहअनुसारको दैनिक भ्रमण भत्ता अमेरिकी डलरमा पाउने व्यवस्था छ ।