कांग्रेसको तेह्रौं राष्ट्रिय महाधिवेशन शुरु





काठमाडौँ |

नेपाली कांग्रेसको तेह्रौं राष्ट्रिय महाधिवेशन बिहीबार काठमाडौँमा शुरु भएको छ। पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा भएको कार्यक्रममा देशीबिदेशी पाहुनाहरुले महाधिबेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए |

उद्घाटन कार्यक्रममा भारतीय जनता पार्टीका उपाध्यक्ष भगत सिंह, बिहारका मुख्यमन्त्री नितिशकुमार, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, सरकारका उपप्रधानमन्त्रीद्वय सीपी मैनाली, विजयकुमार गच्छदारलगायतले शुभकामना मन्तव्य दिए।

सो अवसरमा बोल्दै यो अधिबेशनमा सभापतिका तिनैजना आकांक्षीहरुले कांग्रेसको भावनात्मक एकताका पक्षमा खुलेर बोलेका थिए |

शुक्रबार दिउँसो दुई बजेदेखि महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा सुरू हुँदैछ। मतदादन प्रक्रियाका लागि राष्ट्रिय सभागृहलाई तोकिएको छ |

,