कांग्रेस अर्को निर्वाचन

काठमाडौं चैत, ६-सुशील कोइरालाको निधनपछि रिक्त रहेको नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन चैत २२ गते हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले संसदीय दलको नेतृत्व चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।
केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा गठित निर्वाचन समितिमा सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरे सदस्य छन् । संसदीय दलको विधान २०६५ (संशोधन र परिमार्जित) को धारा ५(३) अनुसार समिति गठन गरेको हो । समितिले दलका नेताको निर्वाचन चैत २२ गते र कार्यसमितिको निर्वाचन चैत २४ गते गर्ने निर्णय गरेको समिति सदस्य घिमिरेले जानकारी दिए-नागरिक दैनिकमा छ ।