हेलिकोप्टरको सिसा फुटाएर पाइलटको उद्दार

रसुवा चैत, ४-लाङटाङमा दुर्घटना भएको फिस्टेल एयरको नाइन एन ए जे आई बी थ्री कलसाइन भएको हेलिकोप्टरको सिसा फुटाएर पाइलटको उद्दार गरिएको छ । हेलिकोप्टरमा पाइलट मात्र रहेको र उनी सकुशल रहेको रसुवाका प्रहरी नायब उपरिक्षक अवधेश विष्टले जानकारी दिएका छन । हेलिकोप्टरको पंखा उछिट्टिएपछि कोल्टे परेको अवस्थामा सिसा फुटालेर पाइलटको उद्दार गरिएको लाङटाङका स्थानीय सुब्बा तामाङले बताए । पाइलट स्वेडन निकोलसलाई फिस्टेलको अर्को हेलिकोप्टरबाट काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
धुन्चेबाट लाङटाङमा निमार्णका सामान बोकेर गएको फिस्टेल एयरको नाइन एनएजेआई बी थ्री हेलिकोप्टर सामाग्री छाडेर धुन्चेका लागि उड्ने क्रममा लाङटाङ–७ मा एक्कासी रोटरमा खराबी आएर पखेटा उछिट्टिएर कोल्टे परेको प्रजिअ अधिकारीले जानकारी दिए।