लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमसंग भर्जिनियामा छलफल कार्यक्रम हुदै


नमुना शाही

 नेपाल, ग़रीबी र समाजसेवा एक अर्काका पर्यायवाची छन। ग़रीबीका फोटो देखाएर NGOका  नाममा बिदेशबाट रक़म जुटाउन थालेको धेरै भयो। तर ग़रीबी हटेन। तर लक्ष्मी प्रतिष्ठान  र बिष्णु गौतमको कथा भने बिलकुलै भिन्न छ।

लक्ष्मी प्रतिष्ठानको जन्म नै बडो मार्मिक पिडा बोकेर आएको छ। यो जन्मेको केही बर्षमै यसले आफ्ना कार्यहरूबाट नेपाली समाजमा सकारात्मक परिवर्तन र छाप दिन थालेको छ। यस संस्थामा संसारभरीका नेपाली प्रत्येक दिन जोडीदै छन।इज़राइलमा काम गर्ने नेपालीहरूको त यस संस्थामा ठुलो योगदान छ।

हामी नेपालीमा मातृभूमिप्रति अथाह स्नेह छ।हामी मेहनत गरेर थोरै कमाउदा पनि त्यसको केही अँश मातृभूमिलागि ख़र्च गर्न पाँउदा गौरवान्वित हुन्छौ। हाम्रो यही बिश्वास र भावनाको कदर गर्दै लक्ष्मी प्रतिष्ठान आफ्नो काममा लागेको छ।

यो संस्थालाई जान्न यसका अध्यक्ष बिष्णु  गौतमलाई भेटौ र यसले गरेका कामको बृतचित्र पनि हेरौ।हिलोमा पनि कमल फुल्ल तर कसरी फुल्छ त्यो हामी पनि हेरौ । तपाँईको उपस्थितिमात्रैले पनि वहाँका पाईला थप दरिला हुन्छन ।

त्यसैले मार्च २० गते ४ बजे हामी सबै भेटौ, जो यस क्षेत्रमा हुनुहुन्छ। भोली बेलुका ४ बजेपछि Best western hotel manassas मा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णु  गौतमसंग अन्तरक्रिया कार्यक्रम  हुन गैरहेको छ।

,