अब काँग्रेसको अको॔ भिक्टीम सिटौला र थापा


राजेन्द्रमणि भण्डारी  

कांग्रेसको १३ औं महाधिबेशनमा दुई जना आशा लाग्दा नेताहरु बलिको बोको बनाईदै छन् | ती हुन् - महामन्त्री कृष्णप्रसाद सिटौला र गगन थापा |

यी दुवै नेताहरुबाट नेपाली जनता र नेपाली कांग्रेसले ठुलो आशा गरेको थियो | तर दुर्भाग्य यो अधिबेशन यिनीहरुका पक्षमा नजाने निश्चित भएको छ |

थापा के कारणले सिटौलाको पछि लागे त्यो भबिष्यले बताउला तर सिटौला यो निर्णयमा पुग्नुका पछाडी मृदुला कोइरालाको हात छ | यो सहजै अनुमान लगाउन सकिन्छ | शुशिल कोइरालाको पछाडी लागेर कोइरालाको बिरासत धान्ने ठुलो सपना देखेकी मृदुलाले अहिले कृष्णप्रसाद सिटौलालाई सल्लाह दिईरहेकी छन् |

सिटौला र मृदुला दुवै जनाले शुशिल कोइरालासंग अत्यन्त घनिष्ठ सम्बन्ध राखेर धेरै फाईदा लिएका थिए | कोइराला परिवारका अरु सबै पाखा लागेको अवस्था थियो | सुजाता त मृदुलासंग अति रिसाएको बेला बेलाका कार्यक्रममा हामी कार्यकर्ताहरुले प्रष्ट देख्दै आएका हौँ |

यिनै सिटौला र मृदुलाको यो पछिल्लो नाटकको यसरी पटाक्षेप हुदैछ की सिटौला पार्टीमा फेरी शेरबहादुर देउवाको बाटो अबलम्बन गर्दैछन् | यसमा सहयोगीको भूमिका गर्दै छन् मृदुला कोइराला |

पार्टीबाट अनेक फाईदा लिने उद्देश्यले अमेरिकालाई आंशिक रुपमा छाडेर नेपाल बस्दै आएकी कोइरालाले अमेरिकाको जनसम्पर्क समितिलाई झन्डै पाच बर्ष तनाबमा राखिन | शुशिल कोइरालाको नाम भजाउदै उनले अमेरिकाका कांग्रेसीहरुलाइ टुटाउने फुटाउने र कम्जोर बनाउने मात्र काम गरिन |

उनकै सल्लाहका कारण जनसम्पर्क समिति अमेरिकाका संयोजक बिष्णु सुबेदीले लज्जाजनक हार व्यहोर्नु पर्यो | सुबेदीले अमेरिकाभरिका कांग्रेसीलाई जुटाएर एउटा ईतिहासमा एउटा राम्रो नाम राख्ने र सधै सम्मानित हुने बाताबरण बनेको थियो | तर मृदुलाले उनलाई चुनाबमा उठ्न लगाईन र बिष्णु सुबेदीको सारा मेहेनत र पसिना पानीमा मिसाईदिईन |

उनको अर्को भिक्टिम भए तत्कालिन प्रधानमन्त्री शुशिल कोइराला | सुशीललाई प्रधानमन्त्री उठाउनुमा सारा कांग्रेसीको खासै हात छैन | मृदुला स्वयंको हात छ | शुशिल सक्रिय राजनीतिमा नहुने बित्तिकै कोइराला क्याम्पका कसैलाई कुनै घाटा थिएन | मात्र मृदुलालाई थियो | उनी कोइरालाकी सल्लाहकार थिईन | सिटौलाहरुको सल्लाह मृदुलाको सल्लाहका अगाडी भुत्ते बनेको थियो | शुशिल र कांग्रेस दुबैले हारे |

सधै शक्तिका पछाडी लाग्न चतुर मृदुलाले यस पटक अर्का शक्तिशाली, प्रभाबशालि र नेपाली कांग्रेसमा राम्रो भबिष्य र सम्भावना रहेका कृष्ण सिटौलालाइ सल्लाह दिईरहेकी छिन | सिटौला र थापाको जोडीले समय मै कुरा बुझ्न जरुरी छ |

बाल्टिमोर अमेरिका 

,