दोस्रो विश्व नेवार सम्मेलन शुक्रवार अमेरिकाको बाल्टिमोरमा सुरु


बाल्टिमोर अमेरिका, मार्च २६ |

वर्ल्ड नेवाः अर्गनाइजेशनको आयोजना र नेपाः पासा पुचः अमेरिकाय् तथा नेवाः अर्गनाइजेशन अफ अमेरिकाको सह आयोजनामा दोस्रो विश्व नेवार सम्मेलन शुक्रवार अमेरिकाको बाल्टिमोरमा सुरु भएको छ ।

सम्मेलनको औपचारिक  उद्घाटन मल्ल के सुन्दर र अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनबहादुर कार्कीले आज सनिबार बिहान उदघाटन गर्नु भएको छ | अहिले बक्ताहरुले बोल्ने काम भईरहेको छ | कार्यक्रमका लागि नेपाल र संसारका अन्य देशबाट सयौको संख्यामा प्रतिनिधिहरु उपस्थित भएका छन् |

शुक्रवारका दिन दर्ता कार्यक्रम र अनौपचारिक  भेटघाट तथा रात्रीभोज सहितको कार्यक्रममा विभिन्न देश र अमेरिकाका विभिन्न राज्यबाट आएका अतिथिहरु बीच चिनापर्ची कार्यक्रम भएको थियो ।




,