उपत्यकामा होलीमा जथाभावी गर्ने ३ सय २८ जना पक्राउ

काठमाडौं, चैत ९ – काठमाडौं उपत्यकामा होली खेल्ने क्रममा ३ सय २८ जना पक्राउ परेका छन् । अवाञ्छीत एवं उच्छृंखल गतिविधि गरेको भन्दै प्रहरीले काठमाडौंबाट २ सय ५, ललितपुरबाट ९७ र भक्तपुरबाट २६ जनालाई पक्रेको हो ।
त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने १६ सय ६१ सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यलयले काठामाडौंले जनाएको छ । पक्राउ परेका सवारी साधनमा काठमाडौंबाट १४ सय, ललितपुरबाट दुई सय ११ र भक्तपुरबाट ५० वटा रहेका छन् ।
ट्राफिक नियम उल्लंघन गर्नेमा बढीजसो मापसे गरेर सवारी चलाउने, हेलमेट नलगाउने, सवारी चालक अनुमतीपत्र बिना सवारी चलाउने, लापरवाही साथ सवारी चलाउने लगायतका रहेका छन् ।