‘भारतलाई ठूलो शक्ति हुँ भन्ने घमण्ड छ’

एजेन्सी चैत, ९-आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गत पाकिस्तान गएको शनिबार राति कोलकातामा भएको खेलमा भारतसँग ६ विकेटले पराजित भयो ।
त्यसपछि विभिन्न किसिमका प्रतिक्रिया आएका छन् ।
पाकिस्तानका पूर्व कप्तान तथा तहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान पनि खेल हेर्न कोलकाला पुगेका थिए । खानले भारत र पाकिस्तानबिच द्विपक्षीय क्रिकेट श्रृँखला भइरहनु पर्ने बताउनुभयो । यसले दुवै देशलाई फाइदा हुने उनको भनाई छ । खेलबाट भएको कमाइ पाकिस्तानले क्रिकेटमा लगाउन सक्ने उनले बताए । यसले पाकिस्तानको घरेलु क्रिकेट बलियो बनाउन पनि सहयोग पुग्ने उनको भनाई छ । क्रिकेट खेल जति बढी भयो दुई देशका नागरिकबिच प्रत्यक्ष सम्पर्क बढ्ने र यसले दूरी घटाउन तथा सम्बन्ध सुधारमा सहयोग पुग्ने उनको विश्वास छ ।
पाकिस्तानले अघि बढ्ने प्रयास गरिहेको बताउँदै उनले भारत पटक पटक रोकवट बन्ने गरेको आरोप पनि लगाए । भारतसँग आफू ठूलो शक्ति हुँ भन्ने घमण्ड रहेको र त्यसले गर्दा सम्बन्ध सुधारमा काम हुन नसकेको उनको भनाई छ । भारतले ठूलो देशको नाताले पाइला अघि बढाउनु पर्नेमा उनले जोड दिए । पाकिस्तानको हारबाट आफू निकै निराश भएको उनले बताए । कोरकाताको इडेनगार्डेनमा भएको खेल एक तर्फी भएको र यसले धेरै निराश बनाएको उनको भनाई छ । पाकिस्तानी टिमले जसरी खेल्नु पर्ने थियो त्यसरी नखेलेको उनको भनाइृ छ ।