शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति निर्वाचित




शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति निर्वाचित भएका छन् |

नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका हुन् ।  सोमबार भएको निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति बनेका हुन् । निर्वाचन समितिले अन्तिम परिणाम घोषणा गर्न बाँकी छ ।

 उनले १८२२ बढी मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी पौडेलले १२९६ बढी मत प्राप्त गरे । यसअघि हिजो भएको पहिलो चरणको निर्वाचनमा ११ मत कम भएकोले दोस्रो चरणको निर्वाचन गर्नु परेको थियो |

आफ्ना प्रतिद्वन्दी तथा पार्टी सभापति रामचन्द्र पौडेल लाई ५२६ मतको अन्तरले हराउदै देउवा पार्टीको सर्बोच्च पद सभापति पदमा आसिन हुने भएका छन् |

हिजो देखि नै जित सुनिश्चित भन्दै आएको देउवा पक्ष बिजयको र्याली निकाल्न तम्तयार भएर बसेको देखिएको थियो |

लगातार तीनपटक सभापतिको दौडमा रहेका देउवाले लामो समयपछि संस्थापन पक्षबाट नेतृत्व उम्काएका छन्। पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका देउवा पुनः सुशील कोइरालासँग अर्को महाधिवेशनमा पराजित भए।
 

, ,