कंगनाविरूद्ध ऋतिक

मुम्बई चैत, ४-बलिउड अभिनेता ऋतिक रोशनले अभिनेत्री कंगना रनौतविरुद्ध मानहानीको मुद्दा दायर गरेका छिन्। अभिनेत्री कंगनाले पनि ऋतिकलाई जवाफ दिएकी छिन्। भारतीय संचारमाध्यमका अनुसार कंगनाका कानूनी सल्लाहकार रिजवान सिद्दीकीमार्फत मंगलबार ऋतिकलाई दिएको ११ पेज लामो जवाफमा कंगलनाले धेरै विषयको खुलासा गरेकी छिन्। ऋतिक र कंगनाबीच फिल्मको शुटिङका क्रममा मित्रता बढेको थियो। तर दुवैले आफ्नो सम्बन्धलाई सार्वजनिक भने गरेका छैनन्। ऋतिक र कंगनाबीच गोप्य सम्बन्ध रहेको संचारमाध्यमले उल्लेख गरेका छन्। तर उनीहरुले यस सम्बन्ध सार्वजनिक नभइ बे्रकअपसमेत भएको छ। कंगनाले एक अन्तर्वाताका क्रममा आफूहरुबीचको सम्बन्ध तिक्ततापूर्ण रहेकोमात्र नभइ आफूहरु एकअर्काबीच निकै नजिक रहेकोसमेत खुलासा गरेकी छिन्। कंगनाले सो कुरा बताएपछि ऋतिकले ट्विटगर्दै आफूहरुबीच अफयेर हुनसक्ने बताएका थिए। तर ऋतिकले कंगना विरुद्द मानहानीको मुद्दा दायर गरेपछि दुवैबीचको विवाद सहतमा आएको छ। कंगनाले ऋतिकलाई दिएको जवाफमा आफूले एकतर्फी प्रेम नगरेको भन्दै सो प्रेममा ऋतिकपनि सहभागी भएको खुलाएकी छिन्। ऋतिकले भने कंगना एस्पर्गर्स सिंड्रोमको विरामी भएको टिप्पणी गरेका छन्। सोही विरामीका कारण कंगना धेरै कल्पना गर्ने तर ती कल्पना यथार्थ हुन नसक्ने जनाएका छन्।