१० वर्ष कान्छा प्रेमीसँग किन बिहे गरिन् प्रीतिले ?

एजेन्सी फागुन, १९-आफ्नो मगनीको विषयमा समाचार प्रकाशन गर्दा भारतीय मिडियासँग रुष्ट भएकी नायिका प्रीती जिन्टाले अन्तत सुटुक्क विवाह गरेकी छिन् ।
उनले २९ फेब्रुअरिमा अमेरिकामा आफू भन्दा १० वर्ष कम उमेरका प्रेमी जीन गुडइनफसँग विबाह गरेको भारतीय फिल्म म्यागजिन फिल्मफेयरले उल्लेख गरेको छ ।म्यागजिनले उल्लेख गरे अनुसार विवाह समारोहलाई गोप्य राखिएको थियो । उनका मित्र सुजैन खान र डिजाइनर सुरिली गोयल विवाहमा उपस्थित थिए । तर, प्रीतिले भने अप्रिलमा भारत आएर धुमधामले बिहे गर्ने बताउँदै आएकी छिन् ।
प्रीतिले विवाह गर्न लागेको हल्ला एक वर्ष अघि नै चलेको थियो । केही मिडियाले भ्यालेन्टाइन डे मै विवाह गर्ने पनि उल्लेख गरेका थिए । तर,प्रीतिले आजसम्म विवाहको खबर स्विकारेकी छैनन् । यति मात्रै हैन उनले ट्वीटर मार्फत विवाह ब्यक्तिगत विषय भएको भन्दै यसमा निर्णय गर्ने अधिकार आफूलाई मात्रै भएको बताउँदै आएकी छिन् ।