अाजदेखि एसएलसी सुरू, ६ लाख बढी परीक्षार्थी


काठमाडाैं, चैत्र १८, अाजदेखि एसएलसी परीक्षा सुरू भएको छ। देशभरबाट ६ लाख १५ हजार ५ सय ५३ परिक्षार्थीले यो बर्षको एसएलसी दिदैछन्। विहान आठबजेदेखि परीक्षा सुरु भएको हो।

यो वर्षबाट ३२ नम्बर पाउन नसकेकै कारण कोही असफल हुनुपर्ने छैन किनकी यो बर्षदेखि ग्रेडिङ प्रणाली लागू गरिएको छ।

यो बर्षको एसएलसीमा पास र फेल भन्ने हुने छैन। परीक्षार्थीले पाएको अंक अनुसार ‘ग्रेडसिट’मा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि प्लस, डी र ई उल्लेख हुनेछ । यो अक्षरांक विद्यार्थीको अनुभवसहितको क्षमता मूल्यांकन पद्धति हो । अबदेखि एसएलसी नतिजा विगतमा जस्तो विशिष्ट, प्रथम, द्वितीय, तृतीय श्रेणी र अनुत्तीर्ण भन्ने रहने छैन ।

१९९० सालमा पहिलो पटक एसउलसी सुरु भएको थियो भने अहिले त्यसैको ८२औं शृंखलाको एसएलसी लिइदैछ ।