राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले गर्छ -मीन विश्वकर्मा



भक्तपुर । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मीन विश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले महाधिवेशनसँगै कांग्रेसले संसदीय दलका नेता चयन गर्ने र त्यसपछि ठूलो दलका हैसियतले राष्ट्रिय सरकारको नेतृत्व गर्ने बताए ।

केन्द्रीय सदस्य विश्वकर्माले सरकार कालोबजारीको संरक्षणमा लागेको आरोप लगाउँदै कांग्रेस नेतृत्वमा सरकार गठन हुने बित्तिकै पहिलो एजेन्डाका रुपमा कालोबजारी नियन्त्रण गर्ने बताए। तराई आन्दोलनका जायज मागको सम्बोधन गर्ने पहलकदमी पनि कांग्रेसले लिने उनको भनाइ थियो ।

महाधिवेशनको परिणामले कांग्रेसमा ६०/४० को भागबन्डाको अन्त्य पारेको पनि उनले बताए। रासस