देउवाको उमेद्वारी दर्ता


काठमाडौं, फेब्रुअरी ३ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा उनले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन् | आफै उपस्थित हुन नसकेपछि देउवाले नेता रमेश लेखकलाई वारेसनामा दिएका थिए |

१३ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराउने देउवा पहिलो नेता हुन् ।

आफू खुलामञ्चमा आयोजित महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुनुपर्ने भएकाले देउवाको वारेशनामाको रुपमा रमेश लेखकले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराउन देउवाकी श्रीमती आरजु राणा पनि सानेपास्थित पार्टी कार्यालयमा पुगेकी थिइन् ।

उम्मेदवारी दर्ता भोलिसम्म जारी रहने नेपाली कांग्रेसले जनाएको छ ।

,