अाज सबै परिणाम अाउने

काठमाडौं –नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको जारी मतगणना सोमबार सम्ममा सकिने भएको छ ।

सबैभन्दा बढी समय ६ दिन लागेको खुला केन्द्रीय सदस्यतर्फ करिब ४ सय मत गन्न बाँकी छ भने प्रदेश सदस्यको १ हजार ४ सय मत गणना भएको छ । सभापति, महामन्त्री र कोषाध्यक्षसहित खुला र आरक्षित कोटामा ६१ सदस्यका लागि निर्वाचन भएको थियो । हालसम्म पदाधिकारीका अतिरिक्त आरक्षणतर्फका २२ सदस्यको परिणाम सार्वजनिक भइसकेको छ ।

,