जनसम्पर्क समिति जापानको अन्तक्रिया कार्यक्रम संम्पन्न

ह्याप्पी बन्धु "बिश्व"
जापान
नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानले जापान भ्रमणमा आउनु भएका युवा नेताहरुसंग अन्तक्रिया कार्यक्रम संम्पन्न गरेको छ ।

टोकियो सिनोकुवोमा आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा नेपाल विद्यार्थी संघका सभापति रंजीत कर्ण र पुर्व कार्यवाहक अध्यक्ष क्षितिज भण्डारीको उपस्थितिमा आसन्न पार्टीको १३ औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गरियो । पार्टी अधिवेशनमा भएका विभिन्न गतिविधि तथा पार्टीले आगामी दिनमा लिनुपर्ने रणनीतिको सो अवसरमा छलफल गरिएको थियो ।

अनौपचारिक जापान भ्रमणमा आउनु भएको युवा नेताहरुको स्वागत तथा सम्मान कार्यक्रममा पार्टी महाधिवेशनबाट चयन भएका नयाँ पदाधीकारीहरुले आम कार्यकर्ताहरुको हित अनुकुल कार्य गर्नुपर्ने आवश्यक रहेको विचार व्यक्त गरिएको थियो । अन्तक्रिया कार्यक्रममा नेवीसंघ नेता कर्णले उठेका जिज्ञासालाई प्रष्टयाउनु भएको थियो ।

नेपाली जनसम्पर्क समिति जापानका कार्यवाहक सभापति डीपी कँडेलको सभापतित्वमा भएको कार्यक्रममा जनसम्पर्क समिति जापान आवद्ध कार्यकर्ताहरुले आफनो जिज्ञासा राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्यद्धय चिरन्जिवी थापा, महेशकुमार श्रेष्ठ तथा महाधिवेशन प्रतिनिधि रोशन केसी लगायतको उपस्थिति रहेको थियो ।