महान्त्रीमा युवा नेता सशांक कोइराला निर्वाचित


काठमाडौँ मार्च ८ |

नेपाली कांग्रेसको महान्त्रीमा युवा नेता सशांक कोइराला निर्वाचित भएका छन् ।

कोइरालाले केसीलाई ४ सय मतले हराउँदै महामन्त्री पदमा विजयी भएका हुन।
कुल ३१४८ खसेको मत मध्ये शशांकले १४१७ मत प्राप्त गरे।
त्यस्तै अर्जुनरसिंहले १०१७ र गगन थापाले ५८४ मत ल्याउँदै तेस्रो भए ।  १३० मत बदर भएको छ।

बीपी कोइरालाका कान्छा छोरा सशांक कोइरालाले राजनीतिका दुई हस्ती अर्जुननरसिंह केसी र गगन थापालाई एकै पटक हराएका हुन् |

सशांक पौडेलको समूहबाट उठेका थिए तर पौडेल पहिले नै पराजित भईसकेका छन् |

पौडेलको समूहकै सीतादेवी यादव कोषाध्यक्षमा अगाडि छन् ।

कोइराला नवलपरासीबाट ०६४ र ०७० को दुइटै संविधानसभामा निर्वाचनमा विजयी भएका नेता हुन ।

,