स्वास्थ्य मन्त्रीको निवासमा ‘ड्रोन क्यामेरा’ खस्यो

काठमाडौं चैत, १०-स्वास्थ्यमन्त्री रामजनम चौधरीको निवास नजिक ड्रोन क्यामेरा खसेको छ । नचिनेका मानिसले उडाएको अत्याधुनिक ‘ड्रोन क्यामेरा’ मन्त्री चौधरीकोसरकारी निवास नजिक खसेको हो ।
मन्त्री निवास नजिकको रुखमा ठोक्किएको क्यामेरा नियन्त्रणमा लिई ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिनुभयो ।ड्रोन क्यामेरा कसले उडाएको भन्नेबारेमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । कानुन अनुसार यसप्रकारको क्यामेरा अनुमति नलिई प्रयोग गर्न पाइँदैन । रासस