चर्चित मोडल तथा नायिका मन्जिता के सीद्वारा आत्महत्याको प्रयास (भिडियो सहित)

चर्चित मोडल तथा नायिका मन्जिता के सीद्वारा आत्महत्याको प्रयास गरेकी छिन | तर उनले रियल जीवनमा होईन रील जीवनमा यस्तो गरेकी हुन् | हेमन्त आचार्य क्षेत्रीकू लोक गीतको म्युजिक भिडियोमा मोडेल केसीले यस्तो प्रयास गरेकी हुन् |

नेपाली गीत संगीतलाई माया गर्ने क्रममा बिदेशमै बसेर पनि निरन्तर लागि परेका सर्जक पाल्पा जिल्ला हुँगी घर भाइ रोजगारिको सिलसिलामा हाल मलेसियामा कार्यरत  हेमन्त आचार्य क्षेत्री आफ्नो १२ घन्टाको डिउटीबाट बाँकी बचेको समय गीत सङ्गीत सिर्जनामा लागि परेकाछन |

२०६१  मै आफ्नो पहिलो सिर्जाना 'सदा तिमीलाई शुभकामना' गीति एल्बम बजारमा पस्किसकेका क्षेत्री लगत्तै संकट कालको बिसयबस्तुलाई समेटेर अर्को गीती एल्बम रेकर्ड गराएका थिए |

देशको परिस्थितिको कारण देखाउदै क्यासेट कम्पनीहरुले गीत बजारमा पठाउन नमानेपछि र आफ्नो घरायसी समस्यका कारण बिदेशिन बाध्य भएका हेमन्त आचार्य क्षेत्री केही महिना अगाडि पुन नेपाली स्रोता र दर्शकहरु माझ (के भो के भो) 'हात खुट्टा काम्छ थर्थरी' बोलको लोक दोहोरी गीत बजारमा ल्याउन सफल भएका थिए |

 दर्शक र स्रोताको माया र साथ पाएका क्षेत्रीले पुन तनहुँ बन्दिपुर निवासी मैत गज्मेरको लोक दोहोरी गीती एल्बम 'यो संसारमा छैन' मा आफ्नो शब्द, सङ्गीत र आवाज भरेका छन |

बग्यो आँसु झरी झै बर्षाको
सिँउदो भरी गयौनी अर्काको
यो संसारमा छैन, छिट्टै खबर पाउनेछौ यो संसारमा छैन
तिमिबिना दिन ढल्दैन तिमी बिना रात ढल्दैन
मर्छु क्यारे पक्कै सानु मत तिम्रो भैन !

यस्तै यस्तै माया प्रेममा बाध्यता बस धोका खानु परेको र दिनु परेका पिडाहरु समेटिएका छन !

हेमन्त आचार्य क्षेत्रीको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको यस गीतमा स्वर रहेकोछ हेमन्त आचार्य क्षेत्री र मन्जरी गुरुङको
शब्द सङ्गीत हेमन्त आचार्य क्षेत्री स्वयंको छ भने मैता गजमेर र मंजिता के.सीले मोडेल गरेका छन् | होम धितालको निर्देशन र रोशन धितालको सम्पादनमा बाहिर आएको यो गीतको म्युजिक भिडियो धेरै राम्रो बनेको छ |  गीतको म्युजिक भिडियो निर्माण तथा बजार ब्यबस्थापन धिताल फिल्मसको रहेकोछ |

(भिडियो हेर्नुस)