विश्वभरका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं

काठमाडौं चैत, १०- विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीबाट पीडित मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट
अमेरिकाको ट्रिप एडभाइजरले यो वर्ष (सन् २०१६) का लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ । यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो । पहिलो स्थानमा भने बेलायतको लन्डन सहर परेको छ । दोस्रोमा टर्कीको इस्तानबुल सहर छ । काठमाडौंले अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापेस्टलाई उत्कृष्ट गन्तव्यको सूचीमा पछाडि पारेको छ ।