राजकुमार ह्यारी पाटन दरबार स्क्वायरमा

काठमाडौं चैत, ७-नेपाल भ्रमणमा रहनु भएका बेलायती राजकुमार ह्यारीले पाटन दरबार स्क्वायरको अवलोकन गर्नुभएको छ । राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि ऐतिहासिक महत्वको पाटन दरबार स्क्वायरको अवलोकन गर्नु भएको हो ।
उहाँले भूकम्पले दरबार क्षेत्रमा पुर्याएको क्षतिका बारेमा जानकारी समेत लिनुभएको छ । राजकुमार ह्यारीले दरबार संग्रालयको अवलोक पनि गर्नुभयो । उहाँको स्वागतमा स्थानीय बासिन्दाले जातीय पोशाकमा उपस्थित भएका छन् । राजकुमार ह्यारीको भ्रमणलाई लिएर पाटनको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । स्थानीय बासिन्दा तथा दबार स्क्वायर घुम्न आएका पर्यटकले पनि ह्यारीको भ्रमणलाई उत्साहका साथ हेरेका छन् । उहाँले गोल्टेन टेम्पलको पनि अवलोकन गर्ने कार्यक्रम छ ।