भर्जिनियामा इन्स्योरेन्स ठगी प्रकरणका बारेमा टाउन हल मिटिङ सम्पन्न(भिडियो सहित)



भर्जिनिया, भिजन फर नेपालको आयोजनामा भर्जिनियाको फेयरफेक्स च्यान्टिलिमा अहिले अमेरिकामा भैरहेको इन्स्योरेन्स ठगी प्रकरणका बारेमा  एउटा समाजका केही अगुवाहरु, मिडियाकर्मीहरु, ठगी प्रकरणमा परेका पीडितहरुको उपस्थितिमा टाउन हल मिटिङ सम्पन्न भयो । टाउन हल मिटिङ पत्रकार कृष्ण शर्माले सँचालन गर्नुभएको थियो ।
कार्यक्रममा इन्स्योरेन्स बिशेषज्ञ अनिल खनाल, पीडित ग्राहक मध्येबाट सम्झना आत्रेय पोखरेल, इन्स्योरेन्स ठगी प्रकरणका पर्दाफासकर्ता, नेपाल मदर डट कमका प्रधान सम्पादक रामप्रसाद खनालसँग प्रश्नोत्तर गरिएको थियो भने डिसी नेपालका संचालक रामहरि सुबेदी, समाजसेबीहरु अमर प्रसाइ, पवन खनाल बूर्लाकोटी, राम प्रसाद बस्याल, मन थापा मगर, सुदीप भद्र खनाल, दधी ढुंगाना, लक्ष्मी गौडेल लगायतका अन्य सहभागीले इन्स्योरेन्स स्क्यान्डलका बारेमा आ-आफ्न धारणा राख्दै नेपाली एजेन्टहरुद्वारा नेपाली ग्राहक ठगिनु दुर्भाग्य भएको बताउँदै यसको पूर्ण रोकथाम गरिनुपर्नेमा जोड दिनुभयो ।