देवेन्द्र र केकी अधिकारी दुवै मिलेर गरे यस्तो गल्ति...! (भिडियो सहित)


ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित गायक प्रमोद खaरेलको आवाजमा रहेको ‘गल्ती भो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा देवेन्द्र क्षेत्रीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । सार्वजनिक भिडियोमा नायिका केकी अधिकारी र देवेन्द्र क्षेत्रको अभिनय रहेको छ । उनीहरुले भिडियोमा प्रेमका कुरा गरेका छन् ।

अपिल त्रिपाठीको निर्देशनमा तयार भएको भिडियोमा सुवास अम्गैनको सम्पादन र सरोज अधिकारीको छायांकन रहेको छ । यो गीतलाई दर्शक, स्रोताहरुले मनपराउने गायक प्रमोदको विश्वास छ । विशेषत यो गीतले प्रमोदलाई फेरी एकपटक स्टेज तताउने निकै ठुलो मद्दत पुग्नेछ । गीत अनुसारकै भिडियो पनि तयार गरेका कारण दर्शकहरुले ‘गल्ती भो’ बोलको म्युजिक भिडियो रुचाउने निर्देशक त्रिपाठीले बताए ।