धर्म कर्म गरम की माया पिरिम लाम (भिडियो सहित)



हेमन्त आचार्य क्षेत्री

लोक दोहोरीका नक्षत्र सर्जक शिव हमाल र गायिका लक्ष्मी नेपालीको माया प्रीतिमा आरोप !

नेपाली लोक गीत सङ्गितका हस्ती शब्द सङ्गितका खानी सिव हमालको सांगीतिक यात्रा १२ बर्ष पुगेको छ | १२ बर्षको अन्तरालमा उहाँका सिर्जनाहरु नसुने र उहालाई नचिन्ने सायदै कोहिहोला उहाका हरेक गीत सङ्गितले हजुर हाम्रो मन मुटुमा बास बस्न सफल भएका छन |

उहाँका सिर्जना हरु ( पछेउरी लेउ बैना , देउरालिको भट्टी पसल , कस्लाई सोध्ने होला यो गीत मैले तिम्रैलाई गाको हु लगायत सयौ गीत हरुले चर्चा बटुल्न सफल भएकाछन | यति मात्र नभएर नयाँ नयाँ  सर्जकहरुलाई पनि चर्चाको सिखरमा पुर्याउन ठूलो भुमिका खेल्नु भएकोछ आफ्ना सिर्जानाहरु दिएर |

 यसै क्रममा केही समय पहिले सुबधुर आवाजकी धनी गायिका लक्ष्मी नेपालीसंगको सहकार्यमा 'माया प्रेम लाम' बोलको गीतमा आवाज भरेर आफ्नो साङ्गितिक  यात्रामा एउटा ईट्टा थप्ने काम गर्नु भएकोछ  बिल्कुलै फरक खालको गीत रहेकोछ | चर्चाको शिखरमा रहेको यो नयाँ गीत हेरौं :