वर्ल्ड नेवा: कन्फरेन्स, न्यू योर्कका नेवार


- रबिन बज्राचार्य


विश्वभरका नेवारहरु यहि मार्च २५ देखी २७ सम्म बाल्टीमोरमा हुने वर्ल्ड नेवा कन्फरेन्समा सहभागी हुन तयारी गर्दैछन भने बाल्टीमोरबाट करिव ३ घण्टाको दूरीमा रहेका न्यू योर्क बासी नेवारहरु यो विषयमा अनभिज्ञ नै देखिन्छ।

हुनत न्यू योर्कमा नेवारहरुको बस्ती पनि बाक्लै दखिन्छ। अनि न्यू योर्क बासी नेवारहरु ज्ञानी छन्, गुणी छन्, धनी पनि छन, अनि शिक्षित पनि छन्। नेवार डाक्टर छन, इन्जिनियर नि छन, व्यापारी छन, पत्रकार छन, गायक छन, कलाकार पनि छन, ट्याक्सी ड्राइभर छन र फेसन डिजाइनर नि छन, प्रोफेसर छन, अधिकार कर्मि छन। नेवारहरु विभिन्न पेशाहरु मा लागेर मिलेर बसेका छन्। नेवारी नबोल्ने नेवारहरु पनि प्रस्सतै छन। जे जस्तो अवस्थामा बसेको भए पनि आफु नेवार हुनुमा गर्व गर्दछन् अनि नेपाली समाजमा सक्दो योगदान गरेर आइरहेका छन्।


तर विडम्बना, यति धेरै शिक्षित अनि सम्पन्न हुँदा हुदै पनि न्यू योर्क वासी नेवारहरु एउटै संस्था भित्र अटाउन सकेको छैन्। हो न्यु योर्कमा नेवारहरुको दुईवटा संस्था छ। न्यूयोर्क नेवा गुठी र नेवा नख: न्यू योर्क । त्यसैले पनि होला न्यू योर्कमा रहेका अन्य संघ संसथाहरुले यि दुवै संस्थाहरुलाई त्यति सम्मान गरेर आफ्नो कार्यक्रमहरुमा बोलाएको दखिन्न। तर यस्तो भन्दै गर्दा नेवारलाई अपमान गर्यो भन्न खोज्नु मेरो ताप्तर्य होइन। विभिन्न कार्यक्रम हरुमा नेवारहरुको उल्लेख्य रुमा उपस्थिति भने देखिन्छ।

यि दुइवटा संस्थाको एकिकरण होस भन्ने धेरै जनाको चाहना छ। नेवार मात्रै होइन गैह्र नेवार पनि नेवारी संस्थाहरु विच एकिकरण होस भन्ने चाहन्छन। दुवै समूहका कार्य समितिका अधिकांश सदस्यहरुपनि एकिकरण का पक्षमा छन। त्यसैले पनि होला विगत दुई बर्ष देखि शुल्क बुझाएर नत कसैले सदस्यता नविकरण गरेको छ, न कुनै सदस्य नै थपेको छ। वास्तवमै भन्नु पर्दा विधान पूर्वक २/४ जना आजिवन सदस्यलाई छोडेर हाल कोही पनि सदस्य नै छैन।

एकिकरण को लागि विगत ३ बर्ष भित्र धेरै चोटी बैठक हरु पनि भए। धेरै चोटी वार्ताहरु पनि नभएका होइन। तर नेतृत्वमा बस्ने  साथीहरुले गर्दा एकिकरण हुन नसकेको होकी भन्ने भान हुन्छ। एकिकरण को लागि करिव करिव सहमति हुन्छ तर अन्तमा आएर हुनै नसक्ने वातावरण श्रिजना हुन्छ। हाल एकिकरणको लागि सबै जना तयार रहेको देखिन्छ तर नाममा कुरा मिल्न सकेको छैन। नाम मै अड्केको छ। काम भने खासै कुनै हुन सकेको छैन। विगत ३ बरषका काम हेर्यो भने म्ह पुजा गरेको छ। बेल विवाह १५/२० जनाको गरेको छ, प्राशा तुलाधरको लागी चन्दा संकलन को अलावा कुनै उल्लेखनिय काम भएको छैन । हो भूकम्प पिडितको नाममा चन्दा संकलन गरेको छ।


नामकै कुरा गर्दा नेवा गुठीका मित्रहरु एकिकृत संस्थाको नाम नेवा गुठी नै रहनु पर्ने अन्यथा एकिकरण गर्न नहुने भन्दै वसेका छन भने नख: का  मित्र हरुले नेवा गुठि नाम अस्विकार्य हुने भन्दै एकिकरण का वाधक वन्दै आएका छन्। दुवै संस्था प्रजातान्त्रिक ढंगले चल्न नसकिरहेको अवस्थाको बोध हुँदै आइरहेको छ। यस्तो अवस्थामा आसिन्न वर्ल्ड कन्फरेन्स सम्बन्धि नेवारहरुमा कुनै जानकारी नआउनुमा कुनै आश्चर्य मान्नु पर्ने छैन।

नेवार हरुले नेपाली समाजमा विभिन्न महत्वपूर्ण योगदानहरु गर्दै आको सर्व विदितै छ।  दुवै पक्षको जिद्दिले गर्दा एकिकरण हुन नसकेको हालको अवस्थामा, दुवै समूहका साथीहरुलाई सहभागी बनाएर नेवार भाषा संस्कृतिको जगेर्ना गर्न नयाँ समूहको श्रीगणेश गर्न पहल गर्नुपर्ने आवश्यकता को महशुस हुन आउँछ। यसका लागी दुवै समूहका धेरै साथीहरु तयार देखिन्छन।

,