फरार अभियुक्त २१ वर्षपछि पक्राउ

काठमाडौं चैत, ७-कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएर फरार रहेका ४७ वर्षे रामहरि परियारलाई प्रहरीले २१ वर्षपछि आइतवार काठमाडौंको दहचोकबाट पक्राउ गरेको छ ।
२०५१ साल माघ २६ गते धु्रब परियार र प्रह्लाद परियारसँग  सामान्य भनाभन भएका बेला रामहरिले फलामले हानेर उनीहरुलाई घाइते बनाएका थिए । घाइते भएका धु्रबको ५१ साल फागुन ८ गते वीरगञ्ज अस्पतालमा निधन भएको थियो ।
त्यसपछि सर्वोच्च अदालतले रामहरिलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैदको फैसला सुनाएको थियो । तर उनी फरार थिए ।अहिले पक्राउ परेका दहचोक–३ काठमाडौं स्थायी घर भएका रामहरिलाई कैद भुक्तानको लागि प्रहरीले केन्द्रिय कारागार सुन्धारा पठाएको छ