पत्रकारको न्यूनतम तलब १९ हजार ५ सय

काठमाडौं चैत, ६-सरकारले आगामी वैशाख १ देखि लागू हुनेगरी पत्रकारको न्यूनतम मासिक तलब १९ हजार ५ सय रुपैयाँ कायम गर्ने भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न लागेको हो । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले शुक्रबार मन्त्रालयमा सञ्चारसम्बन्धी संघसंस्थाका प्रतिनिधिसितको छलफलपछि समितिको सिफारिसअनुसार पत्रकारको न्यूनतम् पारिश्रमिक मासिक १९ हजार पाँच सय र सञ्चार खर्च १ हजार रुपैयाँ वैशाख १ गतेदेखि लागू हुने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागिएको जानकारी दिए-कान्तिपुर दैनिक ।