अब 'हाम्रो काग्रेस' ! अनन्त सुबेदी



अनन्त सुबेदी  

शोकाकुल घडी र बाध्यात्मक परिस्थिती बीच आज नेपाली काग्रेसको १३औ महाधिबेशन सम्पन्न भएको छ | यो आधिवेशन सफल बनाउनुहुन महत्वपुर्ण भुमिका खेल्नुहुने पर्टीका निबर्तमान कार्यसमितीका पदाधिकारी एवं सदस्यहरू, महाधिवेशन प्रर्तिनिधी, महासमिती सदस्यहरू लगायत संपुर्ण कृयासील/साधारण सदस्यहरू सहीत शुभेच्छुकहरूलाई धन्यबाद।

     काग्रेसमा बिवाद होईन एकता गर भगबण्डा होईन सक्षमताको र योगदानको आधारमा अनुशासीत र बिकासउन्मुख काग्रेसको संगठन वनाउ भन्ने आसय यो निर्वाचनको परीणामले दिदैछ। कोही रूनु र कोही मात्तिनु भनी प्रतिनिधिहरुले भोट हालेका होईनन् | यो हेक्का चुनावहार जीत जे भएपनी नेतृत्व गर्ने नेताहरूलाई कार्यकर्ताहरूको सुझाव हो।

    देशको सबैभन्दा पुरानो र ठुलो प्रजातान्त्रिक पर्टी भएको नाताले नेतृत्वचयन पनी प्रजातन्त्रिक प्रकृया बाट गर्ने बिधीले गर्दा केही समय पक्ष र बिपक्षमा देखीयता पनी अधिवेशनबाट आयको नेतृत्व प्रति समग्र काग्रेसीको मात्रै नभई पुरा बिश्वको नै ध्यान केन्द्रीत छ र छदैछ अबको  काग्रेस कसरी अगाडी बढ्छ !

   प्रजातन्त्रमा सबैको जीत हुन्छ भन्ने अटल विश्वास बोकेका काग्रेसजनले बि पीलाई संम्झदै गर्दा बाह्रबर्षसम्म अफ्नै बावुआमा दाजुभाईको हत्या गरेर  आतंककारी राजनिती गर्दै आयकाहरूसंग त निसंकोच अंकमाल गर्दै एउटै अगनमा हास्दै रमेर बसेका छन् भने आफ्नो घरभित्रका सहपाठी र सहयात्रीहरूसॉग बैमनश्यता राख्नुपर्ने खास कुनै कुरा रहदैन।

     काग्रेसको महाधिवेशनमा सहभागी भएका काग्रेसीहरूले नीति तथा कार्यक्रममा ब्यापक रूपमा छलफल नै नगरी घर फर्कदै गर्दा त्यो काग्रेको संकल्प गरेका छन्  |  जुन काग्रेसमा सबै कार्यकर्ताको कार्यद़क्षताको आधारमा काम र  जिम्मेवारी प्राप्त गरून, ब्यत्तीगत र पारिवारीक नाता संम्वन्ध वा हिजो चुनावमा कसले कसलाई भोट दिए  र नदिएको आधारमा काखा र पाखा नगरीयोस् |

भर्खरै मात्र  काग्रेसको नेतृत्वमा प्राप्त संबिधान काग्रेसकै नेतृत्वमा कार्यान्वयन होस् | देशमा शान्ति कायम गरी रोजगारीका अबसरहरू उपलब्ध गराउन् | अनी बिकासका मुलहरू प्रचुर मात्रा फुटाउन सकोस | तबमात्र सक्षम र उर्जावान काग्रेस हौ भनेर गर्वका साथ जनताको घर आगनमा पुग्न पाईयोस।

    सच्चा , चरीत्रवान, निष्कलंकीत काग्रेस निष्ठा र त्यागमा अडेको काग्रेस, बिलासीता र लोभमा नफसेका काग्रेस, अत्याचार, बेविचारीमा नरहेको काग्रेस, गाउका कुना कन्दरामा, पर्व र मेलामा भेटीने काग्रेस, आफ्नो एक गास खाना कटायर पार्टीलाई सहयोग गर्ने काग्रेसहरू पहीचान गर्नुपर्ने बेला आएको छ | जसले काग्रेस पार्टीलाई हरेक संकटमा पनी बचाएर राख्न सफल भएका छन् , जीवनमा कैयौ पटक बनमाराले झै गाउभरी काग्रेसलाई मास्न खोज्दा पनी चैतको दुबो जस्तै गरी पलाउदै आफ्ना परीवारको भन्दा पनी जसले पार्टीको माया गरी जोगाएर राखिदिए हो त्यही संच्चा काग्रेस खोजेर मलजल गर्न सकोस | मेरो होईन हाम्रो अनि हाम्रा होईन राम्रा काग्रेस बनाउन सफल होस | काग्रेसको नयाँ निर्वाचीत कार्यसमितिलाई देश बिदेशका काग्रेसीहरूको यही शुभकामना छ।

 जयनेपाल
न्यु योर्क, अमेरिका

,