१०६ औं अन्तराष्ट्रिय महिला दिवस २०१६ को उपलक्ष्यमा आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न



शंकर खड्का 

१०६ औं अन्तराष्ट्रिय महिला दिवस २०१६ को उपलक्ष्यमा  एनआरएन एन सी सी अफ यु एस ए महिला समन्वय समितिको  आयोजनामा '"लैगिंक समानताको लागि संकल्पका साथ महिलाको लागि महिला  अभियान" बिभिन्न कार्यक्रम सहित भव्यताकासाथ सम्पन्न भएको छ ।

गुल्सन टेरेस (पुरानो ढाका क्लब) 59-15, 37Ave. Woodside New York मा आयोजित सो कार्यक्रमको अध्यक्षता एन आर एन एन सी सी अफ यु एस ए अमेरिका महिला संयोजन समिति की संयोजक राधा पौडेलले गर्नुहुने भएको थियो | कार्यक्रमको प्रमुख आतिथ्यता अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा. अर्जुनकुमार कार्कीज्युले गर्नु भएको थियो। प्रमुख अतिथि महामहिम राजदूतले भन्नु भयो - सक्षम र शिक्षित महिलाले आफ्नो श्रीमान्, छोरा छोरी, आमावावु, दिदीवहिनी, दाजुभाइ एवं समाजलाइनै उठाउन सक्छ भन्ने अभिव्यक्ति प्रकट गर्नु भयो ।

कार्यक्रमको उपादयता माथि प्रकाश पार्दै एन आर एन एन सी सी अफ यु एस ए की क्षेत्र. उपाध्यक्ष वन्दना कोइरालाले तीन शत्रमा विभाजित रहेको सो कार्यक्रममा उल्लेखित विषयवस्तु माथि प्रकाश पार्र्नु भयो ।

विशिष्ट अतिथिहरूमा एनआआरएनसीसी अफ युएसएका अध्यक्ष डा. केशव पौडेल, एनआरएनएनसीसीका निवर्तमान अध्यक्ष एवं एन आर एन आइ सी सी सदस्य खगेन्द्र जीसी, संयुक्त राष्ट्र संघका लागि नेपाली नायव स्थाई प्रतिनिधि सेवा लम्साल, अमेरिकाका लागि नेपाली महावाणिज्यदुतावासका वाणिज्यदूत क्रिशु क्षेत्री  एवं उप वाणिँज्यदूत प्रवीण भटटराई, पूर्व डीं आइ जी पार्वती थापा, समाजसेवी नताशा वजनियाक, एनआरएन आइ सी सी सदस्य सुनिता शर्मा रहनु भएको थियो ।

यस्तै अतिथिहरूमा एनआरएनएनसीसी अफ युएसएका वरिष्ठ उपाध्क्ष कृष्ण पोख्रेल, अन्तराष्ट्रिय साहित्य समाज वोर्ड अफ ट्रष्टीका उपाध्यक्ष एवं अन्तराष्ट्रिय साहित्य समाजका निवर्तमान अध्यक्ष गीता खत्री, साहित्यकार कमला प्रसाई, महामहिम राजदूतले धर्मपत्नी गौरी ठुकरी, समाजसेवी सीता खरेल, डा. रेखा हमाल, संगिनी राना हुनुहुन्थ्यो ।

पहिलो चरणको कार्यक्रममा केही विशिष्ट महिलाको सम्मान गरिएको थियो | सम्मान हुने महिलाहरूमा संयुक्त राष्ट्र संघका लागि नेपाली प्रथम महिला नायव स्थाई प्रतिनिधि सेवा लम्साल, प्रथम महिला नायव प्रहरी निरीक्षक पार्वती थापा, समाजसेवी नताशा वजनियाक, समाजसेवी ( CNN Hero 2015) म्याग्गी डोएन, पत्रकारिता क्षेत्रमा विशिष्टता हासिल गर्नु हुने किरण क्षेत्री, अमेरिकी राजनीति प्रवाहमा समाहित अमृता रेग्मी, साहित्यकार झमक घिमिरे छन् |

औपचारिक कार्यक्रमकी अध्यक्ष राधा पौडेलले एक महिलाले अर्कों महिलासंग हातेमालो गर्दै महिला उत्थानका लागि एनआरएनएनसीसी अफ युएसए महिला संयोजन समितिको "महिलाका लागि महिला" अभियान राष्ट्रव्यापी रूपमा शुरू गरेको वताउनुभयो ।

सो औपचारिक कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रमको संयोजक एवं एनआरएनएनसीसी अफ युएसएका वोर्ड अफ डाइरेक्टर गोमा सेनले स्वागत मन्तव्य राख्नुहुने भएको थियो भन् कार्यक्रम संचालिका एनआरएनएनसीसी अफ युएसए न्यूयोर्क च्याप्टरका महिला संयोजक पूनम मल्लले गर्नु भएको थियो।

दोश्रो चरणको कार्यक्रममा कार्यपत्र प्रस्तुतिका साथै अन्तर्क्रियात्मक कार्यशाला गोष्ठी राखिएको थियो | कार्यक्रममा "लैगिंक समानताका लागि संकल्प - अन्तराष्ट्रिय नारी वर्ष २०१६" - डा. भावना कोइराला,  "महिलाका लागि महिला" - राधा पौडेल,  'साइंसेज़ केयर' (Child Care)- प्रभा अधिकारी,  'सौन्दर्य सीप विकास' ( Beautician Training ) गोमा जी सी, स्वास्थ्य वीमा मेडिक्यर ( Medicare) - शान्ता खड्का, Preventive Woman's Health- डा. रेखा हमाल कार्यपत्र प्रस्तुत गरिएको थियो |

सो कार्यक्रमको मध्यस्थताकर्ता (moderator) समाजसेवी इन्दु लामिछाने हुनुहुन्थ्यो ।

करीव एक घण्टाको मध्यान्तरको समयमा महिला दिदीवहिनीहरूले अन्तर्निहित आ-आफ्ना मौलिक विचारको आदान प्रदान एवं सम्पर्क र समन्वय विस्तार को निमित्त उपयोग गरिएको थियो।

तेश्रो चरणको कार्यक्रम महिला सांस्कृतिक सॉझ: अपरान्ह ७:०० वजेवाट सुरूभइ रात्रि ११:४५ सम्म संचालन गरिएको थियो। सो कार्यक्रमको संयोजकत्व कलाकार संगीता मुखिया छोच्चुनले गर्नु भएको थियो भने कार्यक्रमकी संचालिका सच्ची मैनाली रहनु भएको थियो । कार्यक्रम संचालिका मैनालीले कार्यक्मलाइ रोचक एवं राष्ट्रप्रेम र महिला सशक्तिकरणको सन्देशका साथ संचालन गरेकी थिइन ।

कार्यक्रम संयोजक, म्युजिसिएन न्हुनछे नारायण डंगोल, विमल वुढाथोकी, वसन्त डान्स सेन्टरका नृत्य निर्देशक विजय नकर्मी, लगायत सम्पुर्ण कलाकारहरू ले स्वयंसेवकों रूपमा आयोजित कार्यक्रम पूर्ण रूपले सफल रहेको थियो। सो कार्यक्रमको उच्च प्रशंसा गर्दै एनआरएनएनसीसी अफ युएसए का क्षेत्रीय उपाध्क्ष वन्दना कोइरालाले संयोजक संगीता मुखिया छोच्चुनले लगायत कार्यक्ममा भाग लिनुहुने संम्पुर्ण कलाकारहरू प्रति एनआरएनएनसीसी को तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्नु भयो ।

कलाकारहरू मिली श्रेष्ठ, रानी श्रेष्ठ, प्राप्ति श्रेष्ठ, गीता विर्लाकोटी, पूजा न्यौपाने, मन्जु थापा, विजया सिंखडा,शकुन्तला ज्ञवाली, संजिता कोइराला (आचार्य), रिया मैनाली, जैना मैनाली, डैजी शेर्पा, निरू शिवाकोटी, एन्जेलिना राई, रस्सी खरेल, मेघा शर्मा हुनुहुन्थ्यो । त्यस्तै जनजाति महासंघका महिला दिदीवहिनीहरू - इन्दु लामिछाने, वन्दना राई, संगिनी राना मगर, धन थापा, वृन्दावन राई, उर्मिला लामा, आभा श्रेष्ठ, नीमा शेर्पा ले सामूहिक नृत्य प्रस्तुत गर्नु भएको थियो । पासाडं शेर्पावाट प्रविधिक सहयोग पुर्याउनु भएको थियो।

कार्यक्रमको अवसरमा महिला प्रधान कविता कवि वन्दना राई, कवि शकुन्तला शर्मा, कमला परसाई र सुनिता शर्मावाट पाठ गरिएका थिए ।

तेश्रो शत्रमा पहिलो शत्रमा सम्मान गर्न वाकी रहेका साहित्यकारमा आईएलएनएस वोर्ड अफ ट्रष्टीका उपाध्क्ष एवं आईएलएनएसका निवर्तमान अध्यक्ष गीता खत्री, साहित्यकार कमला प्रसाई, समाजसेवी सीता खरेल, समाजसेवी नेदेन डंगोला एवं आठ वर्षीय समाजसेवी वालिका अर्मानी महर्जनलाई सम्मान गरिएको थियो ।