हंगकंगमा पाल्पालीको बिबिध कार्यक्रम

जे. बि. टुहरे मगर
हंगकंग, मार्च २८,
 गत २७ मार्चमा हंगकंगको टाइतोङ कन्ट्रीपार्कमा पाल्पा श्रीनगर समाजको १२औ बार्षिक उत्सब तथा बारबीक्यू कार्यक्रम धुमधाम र भव्यताका साथ सम्पन्न भएको छ | सो अवसरमा रमाइलो गरिनुका साथै विभिन्न कार्यक्रमहरु पनि गरिएको थियो |

सस्थाका अध्यक्ष पुर्ण दर्लामीको सभापतित्वमा भब्य सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सस्थाका सल्लाहकार रुप थापा हुनुहुन्थ्यो | अन्य अतिथिमा भू पू अध्यक्ष बल थापा, हङकङ नेपाली महासंघका सल्लाहकार हर्क राना, आदिवासी जनजाति महासङ्घका अध्यक्ष एम बि दर्लामी, मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती आले, तनहु समाजका अध्यक्ष जंग थापा, जनसम्पर्क समिति हङकङका सभापति बसन्त श्रीनेत, म्यादी समाजका सल्लाहकार गोमा पुन हुनुहुन्थ्यो।

यस कार्यक्रमको स्वागत भाषण उपाध्यक्ष मन्जु थापाले गर्नुभएको थियो। सस्थाका कोषाध्यक्ष लेख थापाको मिठो नेपाली धुन बजाइबाट कार्यक्रमको  सुभारम्भ भएको थियो भने यस कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष अतिथिबाट बेलुन फुटाइ उटघाटन गरिएको थियो। साथै शुभकामना मन्तब्य नेपाली महासङ्घका सल्लाहकार हर्क राना र मगरसङ्घ हङकङका अध्यक्ष चन्द्रज्योती आलेले दिनु भएको थियो।

यस कार्यक्रममा खेलकुद, शैक्षिक र कलातर्फ राम्रो गरे बापत बिभिन्न ब्यक्तिहरुलाई खादा ओदाइ सम्मान पत्र प्रदान समेत गरिएको थियो। जस अनुसार शिक्षा तर्फ बिद्या रामजाली कला तर्फ मन्जु थापालाई सम्मान गरिएको थियो |

औपचारिक कार्यक्रम संचालन सस्थाका सचिब झलक पल्लीले गर्नु भएको थियो |

साथै ३४औ मगर दिवसमा मिस मगर  हङकङ २०१६ मा पाल्पाली सहभागी ५ जना र पाल्पाकै प्रथम अर्थात मिस मगर हङकङ २०१६ का बिजयी पुनम झेडि मगर र सम्पुर्ण प्रतियोगितामा पाल्पाली सहभागीलाइ सम्मान खादा लगाइ प्रमाणपत्र प्रदान गरिएको थियो |

मिस मगर हङकङ २०१६ मा पाल्पाली सहभागी मध्य  वेस्ट क्याट वाक मन कुमारी थापा, पर्सनालिटीमा नम्रता थापा बेस्ट ल्याङ्ग्वेजमा सुस्मिता श्रीनेत, बेस्ट स्माईलमा प्रीती गाहा र खेलकुद तर्फ सरोज थापालाइ सम्मान गरेको थियो |