'ह्यारीमय' नेपालका 'चरीमय' चेहराहरु

सरगम भट्टराई
वेलायतका राजकुमार ह्यारीले गत हप्ता नेपाल भ्रमण गर्दा सारा नेपाल ह्यारीमय भयो । ह्यारीले देवत्व पाए । उनको नेपालप्रतिको मायाँ र सद्भाव देखेर माया र सद्भावका  पत्रहरु रोकिए, लेखहरु लेखिए । ह्यारीको बिप़क्षमा लेख्ने मिडियाहरु पाठकको आलोचनाको तारो बने । ह्यारीप्रति अनौठो प्रेम दर्शाए नेपालीहरुले, ह्यारीको सादगी र समर्पणको त मान्छेहरु फ्यान नै भए ।

ह्यारी शक्तिशाली देश वेलायतका राजकुमार हुन तर राजनीतिमा उनको पकड़ र भूमिका वेलायतको संबिधानमा छैन, अर्थात कार्यकारी अधिकार छैन । तर पनि अन्तर्राष्ट्रिय मन्चमा उनको प्रतिष्ठा कुनै कार्यकारीहरुको भन्दा कम छैन ।

तिनै ह्यारी नेपाल आईरहँदा नेपाल चरीमय थियो अर्थात कुर्सी र यसको वरपर चरीहरु घुमिरहेका थिए । केहि आन्तरिक चरीहरु र केहि बाह्य चरीहरु ।

ह्यारी सर्बगुण सम्पन्न होईनन, तर उनले बिगतमा आफूले गरेका गल्तीको प्रायश्चित गरिसकेका छन, युरोपको सन्दर्भ र यौवनका सन्दर्भमा उनका हर्कतहरु क्षमा गर्न मिल्ने खालका होलान नहोलान तर प्रायश्चित गरिसकेपछि किन कोट्याईरहनु र ?

हाम्रो यहाँ त न टाउकोको मूल्य गर्नेहरुले प्रायश्चित गरे  नत टाउको छिन्नेहरुले नै ।

ह्यारी जताजता गए उतै उतै हार्दिकता र अपनत्व छर्दै गए | त्यहि बेला राज्यका आठ दर्जन जन युवराजहरु बिदेश भ्रमणमा थिए । मानौ त्यो जत्था अनिवार्य थियो, सत्ता सोपान बचाईराख्नका लागि । कति धित  मर्ने हो त्यो त हेर्नु नै छ ।

तर दक्षिण जाँदा फरिया माग्ने र उत्तर जाँदा चोली माग्ने हाम्रो मगन्ते स्वाभिमानको अभिमान हामीमा कहिलेसम्म हुने हो ?


मधेस टुक्र्याउने  सि. के.राउतले आफैले नमान्ने संबिधानको उपयोग गरेर तराईलाई टुक्याएर छुट्टै देश बनाउने भनेको भन्यै छन |

त्यहि संबिधानको घेराभित्र बाँधिएका जनताहरु बारम्बार देशका चौथों अंग भनिने पत्रकारहरुले लगातार प्रसारण गरिरहेका बिरोधाभास भनाई सुनिरहेका छन, हेरिरहेका छन । चुरो कुरो गुप्त छ ।

राज्यको जात, धर्म र क्षेत्र हुदैन, राज्यले आफ्नो क्षेत्रभित्र बस्ने जनतालाई बर्ग, जाति र वितरणका आधारमा भेदभाव गर्नु हुन्न | यदि गरिएको छ भने त्यसको बिरोधका लागि सबैले हातेमालो गर्नुपर्छ ।

मैले नबुझेको कुरा 

 मधेसमा भूमिगत रुपमा सेनाको दस्ता तयार गर्ने सिके राउतहरुले संबिधानमा सबै खाले शंसोधनको ग्यारेन्टी हुँदा हुदै सार्वजनिक रुपमा लगातार देश बिरोधी, जाति बिरोधी र संप्रदाय बिरोधी अभिब्यक्ति दिदा त्यस्ता भनाईलाई रटान गर्ने केहि कलमचरीहरु पनि छन जसले गर्दा सबै खाले घैँटे र चरी प्रबृर्तिको मलजल भईरहेको छ ।

देशको सार्बभौमिकतामाथि वारम्बार धक्का दिदै आएका दक्षिणका वाजहरु जस्ता ठूला चरीहरुलाई मालिक र नोकरको हैन मालिक मालिकको संबन्ध पनि प्रमाणित गर्नु छ ।

ह्यारीको भ्रमणलाई चरी प्रबृर्तिसंग  भर्सेज गराउनु कत्तिको सान्दर्भिक हुन्छ त्यो कुरा बेग्लै हो तर जनतासँग माग्न या लुट्न मात्र जान्ने र अरुबाट राम्रो कहिल्यै नसिक्ने 'चरी ' चेहरा भएका राजनीतिकर्मीहरुले ह्यारीबाट सिक्न सक्ने कुरा धेरै छन ।

जनतासँग पाल भित्र अटाउन सक्ने नेता मात्र मनमा पनि अटाउन सक्छ भन्ने ह्यारीले सिकाएको पाठ घोकेर जनतासँग भिज्ने कि भुर्र भुर्र गर्दै नब्बे रुपैयाँको हराएको कुखुरा खोज्न नौ सय रुपियाँ खर्च गरिरहने ?

सिक हो सिक मनुवा हो ! डाहा नगर , ह्यारीका राम्रा कुरा सिक ! चरीमय चेहरा बदलेर च्यातिएका पाल भित्र पस ! त्यहाँ पो छ नयाँ नेपाल !