दाङ ब्यापारिक तथा पर्यटन महोत्सव तथा मध्यपश्चिम औद्योगिक कृषि मेला घोराहीमा सुरु

दाङ : दाङ ब्यापारिक तथा पर्यटन महोत्सव तथा मध्यपश्चिम औद्योगिक कृषि मेला घोराहीमा सुरु भएको छ । दाङ उद्योग वाणिज्य संघले आयोजनामा सरू महोत्सव फागुन ३० गते सम्म चल्ने छ । महोत्सव राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले उद्घाटन गरे ।

महोत्सव उद्घाटन गर्दै उपाध्यक्ष खतिवडाले दाङ धेरे क्षेत्रको सम्भावना बोकेको जिलला भएको बताए । उनले दाङ जिल्ला उद्योग वाणीज्य संघले निर्माण सुरु गरेको बहुउद्धेश्यीय सभागृहका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उद्घाटन कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने लक्ष्मीपुरको जसपुर सवारीकोटबाट प्याराग्लाईडिङ उडाईएको थियो ।

सभागृह निर्माण गर्ने उदेश्य लिइएको महोत्सवमा २० करोडको कारोबार गर्ने लक्ष आयोजकले लिएको छ । ५ लाख दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । तीन सय ५० स्टल रहेको महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।