बधाई छ विश्वप्रकाश : अझै अघि बढ, हामी साथ छौँ



हरिहर दाहाल

विश्वप्रकाश शर्माजी-तपाईलाई हार्दिक बधाई छ। तपाई कांग्रेसको केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्बाचित हुँनु भएकोमा मलाई औधि खुशि लागेको छ। तपाईको सफल कार्यकालको लागि हार्दिक शुंभकामना व्यक्त्त गर्दछु।

मैले तपाईलाई सनफ्रान्सिस्को, क्यालिफेर्नियाबाट फोन गरेर सोधेको थिएँ र भनेको थिएँ कि-"नेपालमा चुनाब लड्न सजिलो छैन। माफियाका राजाहरुसंग लड्नु पर्छ। दलाल र ब्यापारिहरुसंग लड्नु पर्छ।  त्यस्तो लडाई स्वाभिमानिहरुका लागि धेरै नै गार्हो साबित हुन सक्छ। बरु हामी यताबाट सहयोग पठाउछौ तर कृपया यी माफियाहरुसंग तपाई कहिल्यै पनि आफ्नो स्वाभिमान नबेच्नुहोस्।"

तपाईको  उत्तर सहज थियो र भन्नु भो-"तपाई जस्तै अन्य धेरै सुभेक्षुकहरुको सहयोगमा जेनतेन मैले चलाई रहेको छु"। र मैले तपाईको भावना विपरित आफुलाई कहिल्यै पनि दाउमा राखेको छैन।" म हर्षित भएँ ! मैले पनि सुन्न चाहेको त्यही थियो।

चुनाव गणितको खेलकुद पनि हो। त्यो त खुमबहादुर दाईहरुले पनि चुनाब त जित्नु भएकै हो। तर नेपाली जनताको मन भने तपाईले नै जित्नु भएको छ। विजयी सबैलाई शुभकामना छ। हार्दिक बधाई छ। तर यो कुरा चुनाब जित्ने सबैलाई थाहा छ कि जनताको मनमा बसेर चुनाव जित्ने मानिस त्यस भीडमा सारै थोरै मात्र छन्। र त्यसमध्ये तपाई एक हुनुहुन्छ।

तपाईलाई जानकारी होस कि म जस्ता हजारौको संख्यामा संसारभरि तपाईका सुभेक्षुकहरु छन्। र हामीहरु तपाईलाई आर्थिक रुपमा सहयोग गर्न पनि तयार छौ । तर एउटा सर्तमा कि नीति, आदर्श र निष्ठाको राजनिती नगरि राजनितीका नाममा ब्यापार गर्ने भ्रष्टहरुको बिरुद्ध लड्न तपाईले आँट गरिदिनुहोस्। तपाईले सधै आर्थिक अनुशासनलाई प्रमुख मुद्धा बनाईदिनुहोस्।

देशको राजस्व, ईटा, ढुङा,माटो र बिकास घिचेर, र अवसरको सम्भावनालाई दुरुपयोग गर्दै चुनाव जित्नेहरुलाई हामीहरु कुनै पनि हालतमा भावनात्मक वा भौतिक सहयोग गर्नै सक्दैनौ। उनीहरुले झुठा चाकरीबाजहरुको सम्मान र फुलमालाले थिचिएर चुनाब त जित्लान् तर जनताको मन कहिल्यै जित्न सक्ने छैनन। तर यसपालाको चुनाव र त्यस पछीका गतिविधीमा तपाईले जनताको मन जित्नु भएको छ । यसरी नै सधै जिति रहन सक्नुहोस्। गगन, प्रदिप र अरु थुप्रै निस्कलंकित युबाहरुलाई एकै ठाउमा ल्याउन र पार्टि भित्रका फोहरहरु सफा गर्न तपाई लागि पर्नुहोस्। हामी तपाईको साथ दिन तयार छौ।

तपाई केन्द्रिय सदस्यको हैसियतले औपचारिक रुपमा पार्टि कार्यलयमा पहिलो पटक छिर्दै गर्दा बि पि ले कल्पना गरेको किसानको फोटो ठुलो कदमा बनाएर पार्टि कार्यलयमा लिएर जानु होला । फोटो छाप्ने खर्च हामि पठाउछौ। पार्टी भित्र  योग्य, सक्षम र ईमान्दारहरुले जित्ने अभियानमा विश्वप्रकाश शर्माले आशा र उन्नतीको नविन दिप बाल्न सक्नु पर्छ ! तपाईले त्यो गर्न सक्नु हुन्छ मलाई थाहा छ। त्यसैले म यो अनुरोध तपाईलाई नै गरिरहेको छु।

म र हामी जस्ता हजारौ प्रवासी र स्वदेशी स्वाभिमानी नेपालीलाई हामी मर्नुभन्दा अघाडि हाम्रो स्वदेश संमृद्ध भएको हेर्न मन छ। हामीलाई विकशित र समृद्ध नेपाल हेर्ने प्रखर रहर छ। हाम्रो त्यो सहज र सामान्य सपना भित्रको एक तपाई जस्तो युवा र निंस्ठावान नेतामा हामीले देखेका छौ। त्यो प्रचुर समभावना हामीले विश्वप्रकाश शर्माको व्यवहारमा हामीले प्रष्ट देखेका छौ। त्यसैले- हामी तपाईहरु प्रति आशाबादी भएर बाँचेका छौ। हाम्रो आशालाई कृपया निराश नबनाई दिनु होला। दल र देशमा तपाईको खाँचो छ- त्यो खाँचो पुरा गर्न तपाई सदैव लागि पर्नु होला।

जय मातृभुमी ! जय नेपाल।!
 सनफ्रान्सिस्को, अमेरिका 

, ,