एनआरएनका उपाध्क्षय पक्राउ पछि कोरियामा हुण्डी कारोबारी शसंकित

रमेश सुब्बा , एनआरएन कोरियाका उपाध्क्षय बिपिन गुरुङ् पक्राउ परेपछि कोरियामा रहेका हुण्डि ब्यवसायिहरुमा खैलाबैला मच्चिएको छ । एनआएन कोरियाका सचिव सोगेन्द्र घलेले सर्वसाधारण नेपालीहरूको २ करोड ९० लाख कुम्ल्याएर सम्पर्क विहिन भएपछि हुण्डि कारोबारको तीव्र आलोचना हुँदै आएको थियो ।

यिनै समाचारको विषयलाई लिएर नेपालमा रहेका पत्रकार मीन प्रकाश उप्रतीलाई टेलिफोन मार्फत धम्की दिने एनआरएन कोरियाका उपाध्यक्ष तथा व्यवसायी विपिन गुरुङलाई नेपालमा महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले आइतबार पक्राउ गरेको थियो ।

कोरियाको राम्रो अध्ययन र बसोबास पश्चात नेपालमा पत्रकारिता गर्दै आएका उप्रतीलाई एनआरएन कोरियाका उपाध्यक्ष गुरुङले कोरियाको हुण्डी कारोबारको बारेमा बोलिस र लेखिस भने ज्यान जान सक्छ भन्दै मोबाइल नम्बर ९८१८७३४३८ बाट फोन गरी धम्की दिएका थिए ।

गुरुङको उक्त धम्की पछि उप्रेतीले पत्रकारको आम जनमानसमा पुरयाउने सूचनाको अधिकारलाई सुनिश्चित गर्दे सत्य तथ्य र कानुन सङ्गत समाचार बाहिर ल्याउन शान्ति सुरक्षाको माग गर्दे महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा आवश्यक कारबाहीको लागी निवेदन दिएपछि गुरुङलाई पक्राउ गरिएको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले निवेदनको आधारमा एनआरएन कोरियाका उपाध्यक्ष गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान र सोधपुछ पछि आगामी १० गते हाजिर हुने गरी जमानतमा छोडीएको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ  ।

गैरकानुनि काम गर्ने र आपराधिक मनस्थितिले भरिएको एनआरएन कोरियामा सच्चा पदाधिकारी र सर्वसाधरणमा नैराश्यता बढ्दै गएको छ ।