हाइटेक मेट्रोमा ढुंगा हानियो





चैत्र १, २०७२- महानगर यातायात प्रालीले आइतबारट सञ्चालनमा ल्याएको हाइटेक मेट्रो बसमा सोमबार बल्खुमा ढुंगा हानिएको छ ।

 ढुंगाबाट बसको शिशा फुटेको छ । कस्ले ढुंगा हान्यो भनेर खुलेको छैन । उक्त प्रालीका उपाध्यक्ष सन्तोष खतिवडाले आफूहरु असुरक्षित भएको भन्दै जिल्ला प्रशासनमा सुरक्षाको माग गर्ने बताए ।

उनले यातायात व्यवस्था विभाग, नेपाल यातायात राष्ट्रिय व्यवसायी संघबाट अनुमति लिएर रिङ्ग रोडमा बस सञ्चालनमा ल्याएको भन्दै आज बल्खुमा ढुंगा हानिएकोबाट असुरक्षा महशुश भएको जनाए ।

प्रालिले ३२ सिटे आधुनिक ठूला ३९ वटा बस रिङ्गरोडमा सञ्चालनमा ल्याएको हो ।

कान्तिपुरबाट