स्ववियु चुनाव 'वैशाख २० भित्र'

काठमाडौं, चैत्र १३, स्ववियु निर्वाचन यसै वर्षको वैशाख २० गतेभित्रमा गर्ने तयारी चलेको छ। सात वर्षदेखि हुन नसकेको चुनाव गराउनका लागि सहज वातावरण तयार पार्न त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनहरुलाई आग्रह गरेको छ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव गराउन गठन गरेको स्ववियु चुनाव समितिले शुक्रबार संयुक्त विद्यार्थी संगठन र पदाधिकारीबीच चुनाव प्रणाली, मिति र अन्य कानुनी प्रावधानबारे छलफल गरेको थियो।
छलफलमा समिति संयोजक एवं त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले विद्यार्थी संगठनका अगुवालाई वशाखपछि विश्वविद्यालयका विभिन्न संकाय र तहको अन्तिम परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले चुनाव गराउने हो भने वैशाख २० भित्रै गराउन उपयुक्त हुने बताइन्।