मतगणना स्थगित, खसेको भन्दा १४ मत बढी भएपछी विवाद, छलफल शुरु


काठमाडौं, फागुन २४– कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भइसकेपछि विवाद सुरु भएको छ ।

मतपेटिका खोलेर गिन्ती गर्दा खसेको भन्दा बढी मत पाइएपछि विवाद भएइको हो ।

कांग्रेस निर्वाचन आयोगका एक अधिकारीका अनुसार खसेको भन्दा १४ मत बढी देखिएको छ ।

निर्वाचनमा ३१२० मत खसेकोमा मतगणनाको लागि गिन्ती गर्दा ३१३४  मत देखिएको हो ।

धेरै देखिएका मतपत्रको विवाद कसरी समाधान गर्ने भन्नेबारे छलफल भैरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

,