देउवाको प्रस्तावक ‘हार्डलाइनर’ कुलबहादुर र ‘भ्रष्टचारी’ खुमबहादुर



 काठमाडौँ

 नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेसनका लागि शेरबहादुर देउवाले पनि आफ्नो तर्फबाट औपचारिक रुपमा सभापति पदमा उम्मेदवारीसहित प्यानल घोषणा गरेका छन् । देउवालाई कुलबहादुर गुरुङ र खुमबहादुर खड्काले शेरबहादुर देउवालाई सभापतिमा प्रस्ताव गरेका हुन् ।

पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा देउवा समूहका तर्फबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवको उम्मेदवारी घोषणा गरिएको छ । देउवाको उम्मेदवारीका लागि कुलबहादुर गुरुङ प्रस्तावक र खुमबहादुर खड्का प्रस्तावक छन् । जारी कार्यक्रममा कांग्रेस नेताहरु लक्ष्मण घिमिरे, प्रदीप गिरी, तारानाथ रानाभाट, चिरञ्जिवी वाग्ले लगायत सहभागी छन् ।

हार्डलाइनर’ कुलबहादुर र ‘भ्रष्टचारी’  खुमबहादुर 

नेपाली कांग्रेसभित्र कुलबहादुर गुरुङले नेतृत्व गरेको ‘हार्डलाइनर’ मानिन्छन् । यो समूहमा पूर्व महामन्त्री गुरुङसहित पूर्वसभामुख तारानाथ रानाभाट, गोविन्दराज जोशी, लक्ष्मण घिमिरे, विनयध्वज चन्द लगायत नेताहरु छन् । खुमबहादुर सर्वोच्च अदालतले भ्रष्टचारी प्रमाणित गरेका नेता हुन् । उनी लामो समय जेल बसेका नेता हुन् ।

यसअघि हिंजो १९ फागुनमा रामचन्द्र पौडेलले सभापतिमा र उनको समूहबाट शशांक कोइरालाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । पौडेल समूहबाट कोषाध्यक्षको उम्मेदवारी घोषणा अझै हुन सकेको छैन । सभापति पदमा उम्मेदवारीको घोषणा गरेकी सुजाता कोइरालाले भने पौडेलको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिइसकेकी छन् ।

त्यसैगरी सभापति पदका अर्का दाबेदर कृष्णप्रसाद सिटौला समूहले पनि उम्मेदवारी घोषणा गरिसकेको छ । उनको समूहबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको उम्मेदवारी घोषणा भएको छ । कांग्रेस महाधिवेशन आज, २० फागुन दिउँसो खुलामञ्चमा उद्घाटन हुँदैछ ।

नयापेज

,